नियम १७९
धरौटी कारोबारको लेखा
(१) स्थानीय निकायले धरौटी खातामा जम्मा भएको धरौटी रकमको कारोबारको लेखा अद्यावधिक गरी राख्नु पर्नेछ ।
(२) आÇनो धरौटी खातामा जम्मा भएको धरौटीको मास्केवारी महिना भुक्तान भएको मितिले सात दिनभित्र र वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पैंतीस दिनभित्र गाउ“ विकास समितिले सम्बन्धित जिल्ला विकास समितिमा र नगरपालिका र जिल्ला विकास समितिले वार्षिक रुपमा धरौटीको एकिकृत आर्थिक विवरण स्थानीय विकास मन्त्रालयमा र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ ।
(३) सम्बन्धित स्थानीय निकायले धरौटीको लेखा अद्यावधिक राखी एक आर्थिक वर्षमा बा“की रहेको धरौटी अर्को आर्थिक वर्षमा जिम्मेवारी सार्नु पर्नेछ ।